२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नेविसंघ रुकुम पश्चिमको अध्यक्षमा हेमराज केसी

Nada
प्रचण्ड खत्री
२०८१ भदौ १८ गते १३:३४
Shares
नेविसंघ रुकुम पश्चिमको अध्यक्षमा हेमराज केसी

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली निवासी विद्यार्थी नेता हेमराज केसीलाई मंगलबार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षमा नियुक्त गरेका छन् ।

ncell

अध्यक्ष शेर्पाले नेविसंघ रुकुम पश्चिमको लामो समयदेखि रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी केसीलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

नेविसंघ रुकुम पश्चिमका पूर्वसहसचिव एवम् सानीभेरी गाउँपालिका संयोजकसमेत रहेका केसीले २०७३ मा त्रिचन्द्र क्याम्पस नेविसंघको इकाइ सदस्य भएर काम गरेका थिए । कोभिडको समयमा २०७६ देखि २०७८ सम्म उनी बीपी स्टडी युथ सर्कल रुकुम पश्चिमको अध्यक्ष समेत थिए  ।

पत्र बुझेलगतै मध्यान्ह दैनिकसँग कुरा गर्दै अध्यक्ष केसीले नेविसंघ केन्द्रले आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तत्कालै जिल्लामा गएर पार्टीका नेताहरुसँग छलफल गरेर सबै पालिका, वडा, क्याम्पस तथा विद्यालयहरुमा नेविसंघको संगठन विस्तार तथा विद्यार्थीहरुलाई प्रशिक्षण दिइने जानकारी दिए ।

नेविसंघ रुकुम पश्चिमको अध्यक्ष यसअघि लालबहादुर ओली थिए । उनी अहिले नेपाली कांग्रेस रुकुम पश्चिमका प्रवक्ता छन् । अध्यक्षको जिम्मेवारी प्राप्त गरेका केसीलाई नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा कांग्रेसका युवा नेता खड्क बहादुर डाँगीले बधाई दिँदै तोकिएको जिम्मेवारी पूरा गर्न आग्रह गरे । उनले अध्यक्ष केसीले नेविसंघको गतिशीलता र सक्रियताका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर