२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

निर्धारित समयमै काठमाडौं–तराई–मधेश द्रुतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १५:५५
निर्धारित समयमै काठमाडौं–तराई–मधेश द्रुतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

काठमाडौं : रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयमा आज आयोजित आथिर्क वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रुतमार्ग जनुसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

“द्रुतमार्ग राष्ट्रियतासँग जोडिएको छ, यससँगै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ”, मन्त्री राईले भने । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ । 

सो आयोजनामा हालसम्म रु ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ । रु दुई खर्ब ११ अर्ब  ९३ करोड लागत रहेको सो आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । द्रुतमार्गको निर्माणपछि राजधानी र मधेशलाई सहज सडक सम्पर्कले जोड्ने उल्लेख गर्दै मन्त्री राईले सो आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा पनि ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे ।

देशको रक्षा र जनताको सेवा सेनाको प्रमुख जिम्मेवारी रहेको जनाउँदै उहाँले शान्ति स्थापना कार्यमा सेनाको सहभागिता र प्रदर्शन गर्व गर्न लायक रहेको बताए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise