२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

‘सुकुम्वासी समस्या जतिसक्दो चाँडो समाधान होस्’

shivam cement
मध्यान्ह
२०८१ भदौ १८ गते १६:१३
‘सुकुम्वासी समस्या जतिसक्दो चाँडो समाधान होस्’

काठमाडौँ : सांसद डिकबहादुर लिम्बूले  सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने विषयलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भने, “यो कांग्रेस–एमालेको सरकार आएपछि लालपुर्जा पाउँछौँ भन्ने सुकुम्वासीले ठूलो आशा गरेका थिए, तर त्यसको प्रक्रिया अहिलेसम्म पनि अगाडि बढ्न सकेको छैन ।”

सांसद तारा लामा तामाङले पछिल्लो समयमा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद तोसिमा कार्कीले सरकारले विपत् व्यवस्थापनसम्बन्धी पूर्व तयारी गर्नुपर्नेमा जोड दिइन्  । सांसद पुष्पबहादुर शाहले बाँके जिल्लाका विभिन्न ठाउँमा झाडापखालाका कारण मृत्यु हुने सङ्ख्या बढ्दै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराए । 

सांसद दीपकबहादुर सिंहले बाढीपहिरो र सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेको जनाउँदै सरकारको ध्यानाकर्षण गराए । सांसद दिलेन्द्रप्रसाद बडूले बाढी र वर्षाका कारण दार्जुलामा ठूलो जनधनको क्षति भएको जनाउँदै सरकारले राहतको व्यवस्था गर्नुपर्ने माग गरे । 

यस्तै सांसद दुर्गा राई, ध्रुवबहादुर प्रधान, पूर्णबहादुर घर्ती मगर, प्रभु हजारा, वासुदेव घिमिरे, विन्दावासिनी कङ्शाकार, विमला सुवेदी, नारायणप्रकाश साउद, नारायणप्रसाद आचार्य, निर्मला कोइरालालगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

ADV

सम्बन्धित खबर

Advertise