२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको अध्यक्षमा खड्का

Nada
भरत प्रधान
२०८१ भदौ १८ गते १८:५४
Shares
अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको अध्यक्षमा खड्का

लिस्बन : अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) पोर्चुगलको अध्यक्षमा सुर्य खड्का चयन भएका छन् । राजधानी लिस्बनमा सम्पन्न भएको समाजको विशेष अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि खड्काको नेतृत्वमा ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा धर्मध्वज लामा चयन भएका छन् भने महिला वरिष्ठ उपाध्यक्षमा कल्पना भण्डारी चयन भएकी छन् ।

ncell

अधिवेशनले उपाध्यक्षमा मनोज कठायत, नरेश भाट र जयसुजन केसीलाई चयन गरेको छ । समाजको महासचिवमा प्रशान्त घिसिङ, सचिवमा बिवस कटुवाल र कोषाध्यक्षमा एनडी शेर्पा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले सुरज पौड्यालको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको समाजले जनाएको छ । समाजका अध्यक्ष कमल खड्काको अध्यक्षता तथा हेम सुबेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

समाजले विश्वभरका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्दै आइरहेको समाजका केन्द्रीय अध्यक्ष घिमिरेले बताए । विश्वभरका विभिन्न मुलुकमा गरी ८३ देशमा समाजको राष्ट्रिय समिति गठन भइसकेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर