२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एमालेकाे टाेलीले भेट्यो देउवालाई, नदी किनारका संरचना जाेगाउनेबारे छलफल

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते २१:०५
एमालेकाे टाेलीले भेट्यो देउवालाई, नदी किनारका संरचना जाेगाउनेबारे छलफल

काठमाडौं : प्रमुख सत्ता साझेदर दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । मंगलबार बूढानीलकण्ठस्थित उनको निवास पुगेर उक्त टोलीले पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट गरेको हो ।

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराउन डा. भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले काँग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेटेको हो ।

भेटमा देउवाले सम्मानित अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै कानून मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिए ।

भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. भट्टराई, काठमाडौं जिल्ला ईन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारीहरुको सहभागिता थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise