२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

shivam cement
मध्यान्ह
२०८१ भदौ १९ गते ११:४०
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

कञ्चनपुरः गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । ‘अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।’ 

उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो । उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए । ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ’, उनले भने, ‘कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्र द्धन्द्धलाई शान्तिमा ल्यायौँ ।’

उनले मुलुकमा दुई ठूला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठूला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गनसमेत आग्रह गरे । उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । ‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन’, उनले भने, ‘यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’ 

उनले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुजे विश्वास व्यक्त गरे । विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न रु १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise