२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध अर्को मुद्दा

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते १६:४३
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध अर्को मुद्दा

काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अकुत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अख्तियारले थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाले ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

अख्तियारले थापा र मोक्तानसहित नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियरङ सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीको तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यसअघि २८ चैतमा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise