२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

कार्यक्रम स्थलमै बेहोस भएका वीरेन्द्रनगरका लेखा अधिकृतको निधन

draupadi film
मध्यान्ह
२०८१ जेठ २९ गते १६:५०
कार्यक्रम स्थलमै बेहोस भएका वीरेन्द्रनगरका लेखा अधिकृतको निधन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

मंगलबार बिहान वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सहभागी कार्यक्रम समापन पश्चात् क्षेत्री त्यहीँ नै बेहोस भएका थिए । त्यसपछि तत्काल उपचारका लागि उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उनको हृदयाघातका कारण मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो । उक्त कार्यक्रमको उद्घोषणसमेत उनले नै गरिरहेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise