२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १६:३३
भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

काठमाडौँ : भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरू तर्फ बजेट कम रहेकोले कामहरू धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट कम रहेको बताए ।

उनले  भने, ‘२०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट शून्यता रह्यो, त्यस कारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरू थिए तर, बजेट अभावले  ती कार्यक्रमहरू अगाडि बढाउन सकेनौँ । लोप हुन लागेका भाषाहरूको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखीकरणका कामहरू  र त्यसै गरी भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै  आएका कक्षाहरू  जस्ता कामहरू हामीले अगाडि बढाउन सकेनौँ ।’

साथै उनले प्रदेश सरकार र स्थानीय सरकारहरूसँगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखीकरणका कामहरू गरेको बताए । उनले पहिलादेखि कक्षा सञ्चालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए । 


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise