२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

टोखा-१० को आधारभूत स्वास्थ्य केन्द्र रेडक्रस भवनबाट सञ्चालन, नगर प्रमुखले गरे शुभारम्भ

Nada
२०८१ भदौ १९ गते १७:५७
Shares
टोखा-१० को आधारभूत स्वास्थ्य केन्द्र रेडक्रस भवनबाट सञ्चालन, नगर प्रमुखले गरे शुभारम्भ

काठमाडौं : टोखा नगरपालिका वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्र रेडक्रस भवनबाट सञ्चालनमा आएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख प्रकाश अधिकारीले रेडक्रस भवनमा रिबन काटेर आधारभूत स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ गरेका हुन् ।

ncell

उनले तत्कालका लागि रेडक्रस भवनबाट आधारभूत स्वास्थ्य केन्द्रको सेवा सञ्चालनमा सहजीकरण गरिएको बताउँदै आगामी दिनमा अझै फराकिलो ठाउँमा जान सकिने बताए ।

उक्त रेडक्रम भवन विगतमा स्थानीयहरुले गणेश मन्दिर राख्ने देउता घरका लागि बनाइए पनि पछि रेडक्रसलाई डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्नका लागि दिइएको स्थानीय समाजसेवी राकेससिंह महर्जनले बताए । महर्जनका अनुसार स्थानीय तह आइसकेपछि स्वास्थ्य सेवालाई सहजीकरण र विस्तारमा सहज होस् भनेर अहिले वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, टोखा १० का अध्यक्ष मचाकाजी महर्जनलगायत विभिन्न वडाका जनप्रतिनिधिहरु, स्वयंसेविका र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर