२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘तिज महिलाहरूको सुख, दुःख र स्नेहसँग जोडिएको पर्व’

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते २०:५५
‘तिज महिलाहरूको सुख, दुःख र स्नेहसँग जोडिएको पर्व’

काठमाडौं : आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल प्रज्ञा–प्रतिष्ठान केन्द्रीय समितिले तिज पर्व –२०८१ विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तिज महिलाहरूको सुखदुःख र स्नेहसँग जोडिएको पर्व रहेको बताए । 

तिजलाई विकृति र अन्धविश्वासबाट जोगाउँदै महिलामुक्तिमैत्री बनाउनुपर्ने उनले बताए । 

उनले सांस्कृतिक संस्थानबाट प्राप्त तिज विशेष मायाको चिन्ह प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारीलाई हस्तान्तरण गरेका थिए । 

अतिथि एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले तिज पर्वलाई प्रतिष्ठानका कर्मचारीले सिर्जनशील रूपमा मनाएकोमा खुसी व्यक्त गरेका थिए । 

प्रज्ञा–प्रतिष्ठानका भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले तिजलाई महिलाको पहिचान र प्रतिरोधसँग जोडेर मनाउन थाल्नुपर्ने बताएका थिए । 

कार्यक्रममा ‘समृद्धि बरीलै’ शीर्षकको तिज गीत प्रज्ञा–प्रतिष्ठानमा कार्यरत महिला कर्मचारीहरू गायत्री सिग्देल, सविना ज्ञवाली, मिना आचार्य, दुर्गा शर्मा,लक्ष्मी ज्ञवाली, रिता दाहाल,राधिका अधिकारी, हिरा कटुवाल,विना पराजुली र कल्पना भण्डारीलगायतले प्रस्तुत गरेका थिए । 

आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल प्रज्ञा–प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगरको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियोे । तिज पर्वलाई भड्किलो नबनाइ असल संस्कृतिको रूपमा अघि बढाउन अध्यक्ष मगरले जोड दिएका थिए । 

उक्त आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष किरणकुमार अधिकारीले स्वागत मन्तव्य र कार्यक्रमको उद्घोषण आधिकारिक ट्रेड युनियनका सचिव झनप्रसाद अधिकारीले गरेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise