२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

धादिङ सेवा समाज कतारको सातौं अधिवेशन शुक्रबार हुने

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १९ गते २१:१७
धादिङ सेवा समाज कतारको सातौं अधिवेशन शुक्रबार हुने

दोहा, कतार : सन् २००१ मा धादिङ सेवा समाज कतार नामकरण गरी स्थापना गरिएको समाजको सातौं अधिवेशन आउँदो शुक्रबार हुने भएको छ । उक्त समाजको सन् २००७ मा नाम परिवर्तन गर्दै धादिङ युवा समूह नामकरण गरी दुई कार्यकाल अधिवेशन सम्पन्न गरे पनि करिब १४ वर्षदेखि सुस्ताएको संस्थाको पुन: तदर्थ समिति निर्माण गर्दै अधिवेशनको तयारीमा जुटेको छ ।

२१ मार्च २०२४ मा  कतारमा रहेका धादिङेहरुको मुन्ताजा पार्कमा बसेको बैठकले धादिङ सेवा समाजलाई पुनः सुचारु तथा क्रियाशील गर्ने लक्ष्यसहित सोमनाथ कँडेलको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । उक्त समितिको पटक पटकको छलफलले स्थापनाकालदेखि नै गरिएका सबै अधिवेशनलाई मान्यता दिँदै सातौं अधिवेशन गर्ने निर्णय गरी तयारीलाई तीव्रता दिएको संयोजक कँडेलले जानकारी दिए ।

शुक्रबार बिहान ११ बजेदेखि ग्राण्डमलमा रहेको रेडचिल्लिमा शुरु हुने अधिवेशनमा सहभागी हुन कतारमा रहेका धादिङेहरुलाई समितिले अनुरोध गरेको छ । १४ वर्षपछि हुने समाजको अधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको तदर्थ समितिका सचिव आयुष घलेले मध्यान्ह दैनिकलाई बताए । उनले संस्थाको नाम "धादिङ सेवा समाज कतार" नै रहने स्पष्ट पारे ।

तदर्थ समितिले कतारमा सांगीतिक प्रस्तुति दिन आएका लोकदोहोरी गायिकाद्धय अस्मिता डल्लाकोटी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष समेत रहेकी लोक तथा दोहोरी गायिका रिता थापा मगरलाई सम्मान समेत गरिसकेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise