२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

धनकुटा सेवा समाज कतारले 'चेलीबेटी भेटघाट' कार्यक्रम गर्ने

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १९ गते २२:०७
धनकुटा सेवा समाज कतारले 'चेलीबेटी भेटघाट' कार्यक्रम गर्ने

दोहा, कतार : धनकुटा सेवा समाज कतारले 'चेलीबेटी भेटघाट' कार्यक्रम गर्ने भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर 'आन्तरिक तिज तथा चेलीबेटी भेटघाट कार्यक्रम २०२४'को आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

शुक्रबार ग्रान्ड मलमा रहेको वेलफेयर रेस्टुरेन्टमा बिहान ११ः३० बजेबाट शुरु हुने कार्यक्रममा कतारमा रहेका सबै धनकुटेहरुलाई उपस्थितिका लागी समाजले आग्रह गरेको छ ।  समाजले प्रत्येक वर्ष तिज कार्यक्रमको आयोजना गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिँदै प्रवासमा रहेका चेलीबेटीहरूको सम्मानमा उक्त कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष तिल विक्रम मगरले बताए । 

'धनकुटा सेवा समाजको चाहना, शुद्ध सामाजिक भावना' भन्ने मूल नारा लिएर सन् २००४ मा स्थापना गरिएको समाज कतारमा एक अग्रणी सामाजिक संस्थाका रूपमा परिचित छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise