२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

कतारमा रहेका मगरहरूले आउँदो शुक्रबार भुम्या पर्व मनाउने

ADV
तिलु शर्मा पौडेल
२०८१ जेठ २९ गते १८:०२
कतारमा रहेका मगरहरूले आउँदो शुक्रबार भुम्या पर्व मनाउने

दोहा, कतार : कतारमा रहेका मगरहरूले मौलिक सांस्कृतिक चाड भुम्या पर्व मनाउने भएका छन् l नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर सांस्कृतिक परिवार कतारको आयोजनामा "चौथो मगर भुम्या कार्यक्रम २०२४" मनाउन लागिएको हो ।

भुम्या पर्वलाई भव्य बनाउन नेपालबाट चर्चित हास्य कलाकार खड्क बहादुर पुन (खबपू) कतार आउने निश्चित भएको आयोजकले जनाएको छ l "नेपाल मगर सांस्कृतिक परिवार कतारको उद्घोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण तथा संवर्द्धन हाम्रो अभियान" भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा सांस्कृतिक परिवारका कलाकारहरूद्वारा मगर भेष भूषाको प्रदर्शन तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् l कार्यक्रममा मुख्यगरी भुम्या, हुर्रा, कौरा, सालैजो, झ्याउरेसँगै खबपूको प्रस्तुति आकर्षणको केन्द्रविन्दु रहने छ ।

१४ तारिका शुक्रबार अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्डहलमा बिहान दश बजेदेखि शुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक नेत्र थापा मगरले मध्यान्हलाई जानकारी दिए  l

भुम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्छन् । यो पर्वमा भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वास छ। भुम्या पर्व पूजापाठ तथा नाचगान गरी मनाइन्छ । भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने चलन पनि छ। हिउँदे बाली भित्र्याएपछि र वर्षे बाली लगाइसकेपछि असार पहिलो साता भुम्या पर्व मनाउने गरिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise