२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कास्की आदर्श समाज कतारको नवौं अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम शुक्रबार हुँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ २० गते १६:४३
कास्की आदर्श समाज कतारको नवौं अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम शुक्रबार हुँदै

दोहा, कतार : कास्की आदर्श समाज कतारको नवौं अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम -२०२४ हुने भएको छ । सन् २००२ मा "कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूल नाराका साथ कतारमा स्थापित समाजको शुक्रबार सल्वारोडमा रहेको कराची ग्रिल हाउस रेस्टुरेन्टमा सम्पन्न हुने भएको छ ।

मध्यान्ह १२ बजेबाट शुरु हुने कार्यक्रम निर्धारित समयमा नै सुचारु हुने भयकाले समयमा नै उपस्थित हुन कतारमा स्थापित सम्पूर्ण संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार तथा सञ्चारकर्मीहरुलाई समाजले आग्रह गरेको छ । हरितालिका तिजसँगै कास्की आदर्श समाजले अधिवेशनको बन्द सत्रबाट नयाँ कार्यसमिति बन्ने समाजका अध्यक्ष अग्निधर देवकोटाले बताए ।

केही समय पहिले आदर्श सन्देश स्मारिका अंक २ को विमोचन गरेर फरक इतिहास बनाएको समाजको अधिवेशनलाई सम्बोधन गर्न डेनमार्कबाट कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कतार आउने भएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise