२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मिहिनेत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते २१:०१
चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मिहिनेत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

काठमाडौं : देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौं चरणको चिनियाँ भाषा प्रशिक्षण मंगलबारदेखि शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्तरूपमा प्रशिक्षणको उद्घाटन गरे ।

नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी छ महिनासम्म  जारी रहने छ ।

त्यस अवसरमा मन्त्री तामाङले भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध राष्ट्र चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको बताउँदै चिनियाँ भाषा अप्ठेरो भए पनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको उल्लेख गरे ।

उनले चिनियाँँ र भारतीय पर्यटककोे आर्कषण हाम्रो मुलुक भएकाले धेरैभन्दा धेरै पर्यटक छिमेकी देशहरूबाट भित्र्याउन हामीले उनीहरूलाई आकर्षक ‘प्याकेज’ उपलब्ध गराउन जरुरी रहेको बताए ।

भाषाका दृष्टिले भारतीयसँग व्यवहार गर्न नेपालीलाई सहज भए पनि चिनियाँ भाषा अलि कठिन भएकाले मिहिनेत गर्न उनले प्रशिक्षार्थीलाई सुझाव दिए ।

राजदूत छन्ले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मकरूपमा चाँडै सिक्ने र प्रष्टरुपमा बोल्ने गरेको अनुभव सुनाए ।  चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार भएको उनले बताए ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमत सिंहऐरले पर्यटन आतिथ्यतामा भाषा शक्तिशाली अस्त्र रहेको उल्लेख गर्दै विश्वको दोस्रो ठूलो भाषाको तालीमले नेपालमा चिनियाँ पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले यसअघि तालिम पाइसकेका दुई सय जना प्रशिक्षार्थी  देशका  विभिन्न पर्यटन व्यवसायमा सक्रिय रहेका जानकारी दिँदै राजधानी बाहिर पनि चिनियाँ भाषा कक्षा सञ्चालनको माग रहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise