२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

टिकटककाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणकाे निर्देशन

ADV
मध्यान्ह
२०८१ भदौ २१ गते १४:५७
टिकटककाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणकाे निर्देशन

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । त्यही निर्णयको कार्यान्वयनका लागि प्राधिकारणले सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन जारी गरेको हो ।

६ भदाैमा बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेकाे थियाे । टिकटकले नेपालकाे कानुन मान्ने प्रतिबद्धता जनाएपछि सरकारले प्रतिबन्ध हटाएकाे हाे । 

सामाजिक मर्यादा उल्लंघन भएकाे भन्दै तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले नेपालमा टिकटक प्रतिबन्ध गरेको थियाे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise