२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

श्रममन्त्री भण्डारीको जापान भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Nada
२०८१ भदौ २१ गते १५:५८
Shares
श्रममन्त्री भण्डारीको जापान भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : श्रमऽ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको जापान भ्रमण स्वीकृत गरेको हो ।

ncell

जापानको टोकियोमा असोज ३ गते आयोजना हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी जापान जान लागेका हुन् ।

बैठकले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

त्यस्तै एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने  निर्णय भएको पनि उनले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर