२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेतृत्वको बचाउमा रास्वपा

ADV
शिव विक
२०८१ भदौ २३ गते ०६:४५
नेतृत्वको बचाउमा रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता÷कार्यकर्ता नेतृत्वको बचाउमा उत्रिएका छन् । पार्टी सभापति रवि लामिछाने केन्द्रित रहेर सहकारीको संसदीय छानबिन र प्रहरी अनुसन्धान तिव्र भएपछि नेता÷कार्यकर्ता नेतृत्वको बचाउमा उत्रिएका हुन् ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्मिनुपर्ने बताउँछन् । शनिबार पार्टीको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका हुन् । 

उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरूलाई जन्माउनुपर्ने बताए । उनले देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्ने र आफूहरू त्यही अभियानमा लागेको बताए । 

‘हामीले करिब ३६ हजार १०७ जना रविहरू यो देशमा जन्माउनु पर्नेछ । ३६ हजार १०७ जना रविहरू यो देशमा जन्मियो भने अनि मात्र सायद यो देशले, देशको नागरिकले सोचे अनुसारको देश बन्नेछ’ उनले भने । 

रास्वपा नेपालको पछिल्लो राजनीतिक दल हो । यसको स्थापना २०७९ असार ७ गते भएको थियो । स्थापनाको पाँच महिनापछि भएको प्रतिनिधि सभा सदस्यको चुनावमा भाग लिएको थियो । जन्मिएको पाँच महिनामै रास्वपा प्रतिनिधि सभामा चौथो दलको रुपमा उदाएको थियो ।

उपसभापति अर्याल यसबीचमा सरकारमा गएर गरेको कामका आधारमा समेत नेतृत्वमाथि घेराबन्दी भएको बताउँछन् । 

‘सरकारमा गएर देखायौँ । त्यसपछि थाहा भयो सबैलाई यिनीहरू साँच्चै नै केही गर्न आएका रहेछन् । भ्रष्टाचारको अन्त्य गर्ने नै भए जस्तो छ यिनीहरूले त्यस कारण राजनीतिलाई ज–जसले पेसा बनाएर बसेका थिए ती पेसा बनाएर बस्नेहरू आत्तिने अवस्थाले गर्दा कहिलेलाई नेतृत्वलाई लखेटेजस्तो गरेका हुन्’ उपसभापति अर्यालले भने । 

रास्वपाका नेताहरूले भ्रष्टाचार ग¥यो भने भ्रष्टाचार गरेको हो भन्ने प्रमाणित हुनुपर्नेमा उनको जोड रहेको छ । 

उनले रवि झैँ नेता बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे । उपसभापति अर्यालले आफूहरू पार्टी स्थापना गर्दाको सङ्कल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उदेश्यमा कायम रहेको बताए । 

तर, सभापति लामिछानेको सहकारीको रकम अपचलनमा संलग्नता रहेको भनेर आरोप लाग्दै आएको छ । पार्टी सभापति लामिछाने केन्द्रित रहेर सहकारीको संसदीय विशेष छानबिन र प्रहरी अनुसन्धान तिव्र भएपछि रास्वपाका नेता÷कार्यकर्ता नेतृत्वको बचाउमा उत्रिएका हुन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise