२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बुलबुले तालमा सञ्चालित मोटरबोटको उद्घाटन

ADV
कुलेन्द्र शाही
२०८१ जेठ २९ गते २१:३२
बुलबुले तालमा सञ्चालित मोटरबोटको उद्घाटन

सुर्खेत : सुर्खेतको बुलबुले तालमा आधुनिक डुंगा (मोटरबोट) सञ्चालन शुरु गरिएको छ । पर्यटन विकासका लागि वीरेन्द्रनगर–१०स्थित बुलबुले तालमा इन्जिन डुंगा सञ्चालन गरिएको हो । 

मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले डुंगा (मोटरबोट) सञ्चालनको उद्घाटन गरेका हुन् । डुंगा केही दिन अगाडिदेखि सञ्चालन भएपनि मंगलबार एक कार्यक्रमको आयोजना गरेर आधिकारिक रूपमा सञ्चालनमा आएको हो । 

डुंगा सञ्चालनको जिम्मा पाएका पर्यटन व्यवसायी विष्णु ढकालले आफूसँग यस कार्यसम्बन्धी २१ वर्षको अनुभव भएको बताए । 

यति बेला बुलबुले तालमा भएको पानी निकै धमिलो छ । उनले ताल दुई मिटर डेफ्थ भए पानी धमिलो नहुने बताए । साथै व्यवसायी ढकालले एक हजार बढी पर्यटक बुलबुले आउने गरेको बताए । 

यस्तै कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले टुक्रे योजना नभइ एकीकृत योजनाका साथ बुलबुले उद्यानलाई अगाडि लैजानुपर्ने बताए । 

उनले उद्यानभित्र भएका खाली जग्गाहरू पनि प्रयोगमा ल्याउनुपर्ने बताए । बुलबुले तालमा डुंगा सञ्चालन गरेर ठूलो उपलब्धी भएको उनको भनाइ छ ।

अध्यक्ष कँडेलले समृद्ध कर्णालीको लागि दिगो विकास हुनुपर्ने उल्लेख गरे ।  यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले सरकारको तीन खम्बे अर्थ नीतिले निकै सहयोग भएको जिकिर गरे । 

उनले सुर्खेतलाई पर्यटकीय हिसाबले कर्णालीको पहिचान दिनसके मात्र कर्णालीलाई चिनाउन सकिने बताए । 

साथै कर्णालीमा निजी क्षेत्रमा लगानी गर्न डराउन नपर्ने अवस्था भएको मन्त्री रावतले बताए । यता मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आफू तयार भएपनि सरकारले ल्याउने बजेटमा भर पर्न समेत आग्रह गरे । उनले बुलबुलेलाई पिकनिक स्पट भन्दा पनि सौन्दर्य रण गरिनुपर्ने बताए । 

रारा र काँक्रेविहार आफ्नो प्राथमिकता रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ । 

नगरप्रमुख मोहनमाया ढकालले सरकारले ठाउँ अनुसार लगानी गर्नुपर्ने अवस्था आएको बताइन् । उनले पर्यटकीय विकासका लागि यो महत्त्वपूर्ण काम भएको दाबी गरिन् । तालको पर्यटकीय विकासका लागि सबैले हातेमालो गर्नुपर्ने उनले बताइन् । ताललाई अझ व्यवस्थित र रमणीय बनाउनुपर्ने प्रमुख ढकालको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise