२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उपसचिव सुरेन्द्र प्रधानले पाए फतुवा विजयपुरको थप जिम्मेवारी

ADV
कृष्ण तिवारी
२०८१ जेठ २९ गते २१:३४
उपसचिव सुरेन्द्र प्रधानले पाए फतुवा विजयपुरको थप जिम्मेवारी

रौतहट : रौतहटमा कार्यरत उपसचिव सुरेन्द्र प्रधानले थप जिम्मेवारी पाएका छन् । जिल्लाको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत उपसचिव प्रधानले फतुवा विजयपुर नगरपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानलाई फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले त्यस पालिकाको हालका प्रशासकीय अधिकृत वकिल पालको जिम्मेवारी खोस्दै प्रधानलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

फतुवामा अर्को प्रशासकीय अधिकृत हाजिर नहुन्जेलसम्मका लागि कटहरिया नगरपालिकाको कामम असर नपर्ने गरी फतुवा विजयपुर नगरपालिकाको प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएको सामान्य प्रशासन मन्त्रालयले मंगलबार जारी पत्रमा उल्लेख छ ।

मन्त्रालयले खटाएपछि प्रधान अब एकैसाथ कटहरिया र फतुवा गरी दुईवटै पालिकाको जिम्मेवारी सम्हाल्ने भएका छन् । फतिवा विजयपुर नगरपालिकामा यसअघि शाखा अधिकृत पाल प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise