२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

धादिङ सेवा समाज कतारको नेतृत्वमा घले सर्वसम्मत

Nada
२०८१ भदौ २३ गते १५:४५
Shares
धादिङ सेवा समाज कतारको नेतृत्वमा घले सर्वसम्मत

दोहा, कतार : लामो समयदेखि सुस्ताएको धादिङ सेवा समाज कतारको सातौं अधिवेशन कतारस्थित ग्राण्डमलमा रहेको रेडचिल्लिमा रेस्टुरेन्टमा सम्पन्न भएको छ । खुल्ला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट नेत्रावती डवजोङ कटुन्जेका आयुष घले अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

ncell

उक्त अधिवेशनबाट प्रथम उपाध्यक्षमा गौतम तामाङ, द्वितीय उपाध्यक्षमा उषा रिमाल, महासचिवमा रामहरि श्रेष्ठ, सचिवमा अम्बर बहादुर गुरुङ, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अनिता तामाङ चयन भएका छन् । यस्तै कार्य समितिका सदस्यहरूमा गणेशकुमार श्रेष्ठ, विनोद गोले, हरिप्रसाद ढुङ्गाना, गणेश अर्याल, राधिका परियार र सङ्खराम तामाङ चयन भएका छन् । सर्व सम्मत चयन भएको नव कार्यसमितिलाई निर्वाचन समितिका संयोजक धिरेन तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

सन् २००१ मा धादिङ सेवा समाज कतार नामकरण गरी स्थापना गरिएको समाजको सन् २००७ मा नाम परिवर्तन गर्दै धादिङ युवा समूह नामकरण गरी दुई कार्यकाल अधिवेशन सम्पन्न गरे पनि करिब १४ वर्षदेखि सुस्ताएको संस्थाको पुन: तदर्थ समिति निर्माण गर्दै अधिवेशन सम्पन्न गरेको हो । तदर्थ समितिका संयोजक सोमनाथ कँडेलको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा खुला सत्र सम्पन्न भएको थियो । शुक्रबार सम्पन्न अधिवेशनलाई तदर्थ समितिका सचिव घलेले नै सहजीकरण गरेका थिए । अधिवेशनको बन्द सत्रमा "धादिङ सेवा समाज कतार" नै नाम रहने गरी विधान समेत पास भएको छ ।

कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो  । तदर्थ समितिले कतारमा सांगीतिक प्रस्तुति दिन आएका लोकदोहोरी गायिकाद्वय अस्मिता डल्लाकोटी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्षसमेत रहेकी लोक तथा दोहोरी गायिका रिता थापा मगरलाई सम्मानसमेत गरिसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर