काठमाडौँ : सहकारी छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीसँग छलफल गरेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले यसअघि सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृह मन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।
सरोकारवालासँगको छलफलपछि प्रतिवेदन लेखनमा जुटेको समितिले अर्थमन्त्री, गभर्नर लगायतसँग छलफल गरेको हो ।