२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन् पदभार ग्रहण

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते २०:५५
टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन् पदभार ग्रहण

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छिन् । अर्यालले आइतबारबाट प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी हुन् ।

नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

उनले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी पहाडी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी हुन् । २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । 

पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पहाडी अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै, पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise