काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो । नेपालले दिएको १२३ रनकाे लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटकाे क्षतिमा पूरा गरेकाे हाे ।
कतारको जितमा इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । कम्रान खानले २२ रन जोडे । त्यस्तै जाहिर इब्राहिमले १२ रन जोड्दा मुहमद तानभिरले ११ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै करण केसीले १ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १२२ रन जोडेको थियो । नेपालका लागि कप्तान पारस खड्काले आक्रमक ब्याटिङ गर्दै १७ बलमा २८ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्ले २४ बलमा २३ रन बनाए भने शरदले सात रनमात्र जोडे । शरदले १३ बल खेलेका थिए । सोमपालले ११ रन बनाएका थिए ।
कतारका लागि इक्बाल हुसेनले ३ विकेट, तमुर सजाद र नौमन सरवारले समान २ विकेट र इनाम उल हकले १ विकेट लिन सफल भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies