२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो : रवि लामिछाने

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १३:५२
गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् । 

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो ।’

तर त्यसमा आफ्नो संलग्नता नभएको उनको दाबी छ । आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनले बताए । कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको भन्दै लामिछानेले भने, ‘त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्‍यो ।’
 

ADVADV

सम्बन्धित खबर

Advertise