२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पाँचथरमा बम विस्फोटबाट बालबालिकाको मृत्युबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १४:२६
पाँचथरमा बम विस्फोटबाट बालबालिकाको मृत्युबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोट भइ २ जनाको ज्यान गएको विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेकाे प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बाेल्दै प्रमुख सचेतक बर्ताैलाले साे घटनाबारे सदनलाई जानकारी गराउन गृहमन्त्री रमेश लेखककाे ध्यानाकर्षण गराए ।

सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? भन्दै उनले प्रश्न गरे । 

राज्य पक्षबाट बेवारिसे बम छाडेकाे नसुनिएकाे भन्दै उनले त्यतिबेला द्वन्द्वरत पक्षबाट साे बम बेवारिसे राखिएकाे हाे भने देशभर कहाँ कहाँ त्यस्ता बम राखिएकाे हाे खाेजी गर्नुपर्ने बताए ।

पाँचथरको फालेलुङ गाउँपालिका-५ मा गत बिहीबार सकेट विष्फोटका भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise