२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बीपीको मेलमिलाप नीतिलाई अनुशरण गर्नुपर्नेमा जोड

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २४ गते २१:४६
बीपीको मेलमिलाप नीतिलाई अनुशरण गर्नुपर्नेमा जोड

अर्घाखाँची : नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

नेपाली कांग्रेस अर्घाखाँचीले पार्टीका संस्थापक नेता, पूर्व पार्टी सभापति बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा सोमबार अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी मनाएको हो । 

नेपाल विद्यार्थी संघ अर्घाखाँचीको आयोजनामा जिल्ला अस्पताल अर्घाखाँचीका बिरामीहरुलाई फलफुल वितरण, बीपीको फोटोमा माल्यार्पण र दिउँसो पार्टी कार्यालयमा छलफल गरी  नेपालमा प्रजातन्त्रको स्थापना एवम् पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको बताइएको थियोे ।

नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति कृष्णप्रसाद भुसालको  सभापतित्वमा  भएको फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले बीपी कोइरालाले लिएको मेलमिलाप नीतिलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीले  बीपीको आदर्श नेपाली राजनीतिका लागि पाठशाला भएको बताए । बीपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले बीपीको आदर्श राजनीतिको  गहना भएको बताए ।

नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले करिब ५० वर्ष अगाडि बीपीले अपनाएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेशका  सदस्य शान्ता भण्डारी, नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल लगायतले बीपी कोइरालाको जीवनी बारे चर्चा गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise