२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सत्तारुढको बैठक : संविधान संशोधनबारे छलफल शुरू

ADV
अस्मिता बम
२०८१ भदौ २५ गते ०६:४५
सत्तारुढको बैठक : संविधान संशोधनबारे छलफल शुरू

काठमाडौं : सरकारले संविधान संशोधनबारे छलफल अघि बढाउने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संविधान संशोधनबारे छलफल भएको छ । यो सँगै सत्तारुढ दलहरूका बीचमा संविधान संशोधनबारे छलफलले औपचारिकता पाएको हो ।

वर्तमान सत्ता गठबन्धन संविधान संशोधनसहितको सात बुँदे एजेण्डासहित बनेको हो । 

गत असार १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेबीचमा सात बुँदे सहमति भएको थियो । उक्त सहमतिमा संविधान संशोधनको पहल लिने उल्लेख छ । सत्तारुढ दलको बीचमा छलफल भएसँगै अब संविधान संशोधनको विषयले गति लिने सरकारको विश्वास छ ।

संविधान संशोधनका लागि अनुकुल वातावरण बनाउन सरकार र संसदलाई थप प्रभावकारी बनाउने विषयमा नेताहरूबीच छलफल भएको छ । 

सत्तारुढ दल एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकार संसदको कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । 

सरकारका समग्र काम प्रक्रियाहरूमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने भन्नेबारेमा पनि छलफल भएको उनले बताए । न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरूबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सात बुँदे सम्झौताअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने उनले बताए । 

‘यो सरकार निर्माणका केही समझदारीहरु पनि थिए । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेको बिचमा ७ बुँदे समझदारी भएको थियो । त्यो समझदारीको जगबाट हामीले सरकार सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौँ । न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन निर्णय भइसकेको छ’ उनले भने । 

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले एमाले र कांग्रेसबिच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रूपमा छलफल भएको बताए ।

‘नेकपा एमाले र नेपाली कांग्रेसबिच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमति भएको थियो । यसलाई अझ विस्तृत रूपमा अघि बढाउने कुरामा सरकार लागेको छ’ उनले भने । 

प्रमुख सचेतक घिमिरेले संविधान संशोधनमा बढीभन्दा बढी राजनीतिक दलहरूको सहमति जुटाएर संशोधन गरिने बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise