२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सार्वजनिक शैक्षिक सुधारको योजना बनाइँदै

ADV
कुलेन्द्र शाही
२०८१ भदौ २५ गते १२:३९
सार्वजनिक शैक्षिक सुधारको योजना बनाइँदै

सुर्खेत : कर्णाली प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन शुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सार्वजनिक शिक्षा सुधारको कार्ययोजना बनाउन तीन दिनका लागि सम्मेलन शुरु भएको हो । 

सम्मेलनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान अवस्थामा लिएको जिम्मेवारी अनुसार निष्कर्ष निकालेर दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए । उनले अरूलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिन नपाइने धारणा राखे । उनले यो सम्मेलनबाट औंल्याएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।

यो अवधिमा राज्यको स्रोत साधन वितरणको थितिका बारेमा विश्लेषण गर्नुपर्ने भन्दै शैक्षिक विषयलाई साझा धारणा बनाएर सबैको दायित्व र जिम्मेवारी हुनुपर्ने गरी काम गर्न उनले सुझाव दिए ।

यस्तै प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालय सुधारका गतिविधि तदारुकताका साथ सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरे । उनले विद्यालयमा हुने राजनीतिक गतिविधिका कारण शिक्षाको अवस्था धुमलिएको प्रष्ट पा रे।

उनले विद्यालयमा स्थानीय पाठ्यक्रमले हाम्रो परम्परा हाम्रो संस्कृति जस्ता विषयलाई समेट्न भन्दा पनि आयातित संस्कृतितर्फ उन्मुख गराइरहेको बताए ।
शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा आयोजित उक्त सम्मेलनमा शिक्षासँग सरोकार राख्ने विकास साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise