काठमाडौं : कप्तान पारस खड्का र सरद भेषाकरको सानदार साझेदारी तथा स्पिनरको कसिलो बलिङमा नेपालले टी ट्वान्टी विश्वकप एसिया क्वालिफायरमा कुवेतलाई सात विकेटले हराएको छ । लगातारको दोस्रो जितमा नेपालले ग्लोबल छनोटको सम्भावनालाई मजबुत बनाएको छ ।
भोली आयोजक सिंगापुरलाई हराए नेपाल ग्लोबल छनोटमा पुग्नेछ । टस जिती नेपालले फिल्डिङ रोज्यो । २० ओभरमा नौ विकट गुमाउदै सिंगापुरले १ सय ४१ रन बनायो । कप्तान मोहम्मद कासिफले ४९ रन जोडदा अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । स्पिनरद्वय वसन्त रेग्मी र सन्दीप लामिछाने घातक बने । दुवैले तीन-तीन विकेट लिए । करण केसीले दुई र अभिनाश बोहराले एक विकेट आफ्नो नाममा लेखाए ।
जवाफम १ सय ४२ रनको लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा पुरा गर्यो । ओपनर पारस खडका र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि ४४ रनको साझेदारी गरे । ज्ञानेन्द्र १९ रनमा आउट भए । यसपछि पारसलाई सरद भेषावकरले साथ दिए । यी दुईले दोस्रो विकेटकोलागि ७८ रनको उत्कृष्ट साझेदारी गर्दै जितको आधार तयार पारे ।
यो क्रममा पारस खड्काले अर्धशतकको सफलता प्राप्त गरे । उनले ३२ बलमा नौ चौका प्रहार गर्दै टी ट्वान्टी आईमा करियरको तेस्रो अर्धशतक पुरा गरे । उनी ६८ रनको पारी खेल्दै आउट भए भने सरद अविजित ३८ रनमा रहदै नेपाललाई २५ बल अगाडि सात विकेटको सहज जित दिलाएका छन । लगातारको दोस्रो जितमा नेपालले चार अंक बनाएको छ । भोलि नेपालले अन्तिम खेल सिंगापुरसँग खेल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies