२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पोखरामा सहकारी पीडितको नाराबाजी, रवि लामिछानेलाई कालो झण्डा

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १४:५०
पोखरामा सहकारी पीडितको नाराबाजी, रवि लामिछानेलाई कालो झण्डा

काठमाडौँ  : सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालो झण्डा देखाएका छन् । सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई बिरौटामा झण्डा देखाएका हुन् ।

लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन् । 

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ ।सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्‍याइएको छ । 

कार्यक्रमस्थलबाहिर सहकारी पीडितले कालाे झण्डा देखाउँदै नारा लगाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले गाेर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise