२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

धनगढीमा रात्रिकालीन बजार लाग्ने

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते २२:५१
धनगढीमा रात्रिकालीन बजार लाग्ने

धनगढी : धनगढी उपमहानगरपालिकाले युवाहरूलाई पढ्दै कमाउने अवसर दिने भएको छ । धनगढी खुलामञ्चको सडक किनारमा उपमहानगरले रात्रिकालीन बजार लगाउने योजना बनाएको छ । युवाहरूले दिनमा अध्ययन गर्ने र साँझको समयमा आयआर्जन गर्न सकुँन् भनेर रात्रिकालीन बजार लगाउने योजना अघि सारिएको छ । युवाहरूलाई आयआर्जन गर्न सक्ने बनाउन हरेक आगामी वर्षबाट धनगढीमा हरेक वर्ष रोजगार मेला आयोजना गरिने भएको छ ।

आगामी वर्षको बजेटमा उपमहानगरपालिकाले रोजगार मेला लगाउने भएको हो । संघ, प्रदेश र सुदूरपश्चिमका सम्पूर्ण स्थानीय तहसँग सहकार्य गरेर हरेक वर्ष रोजगार मेला लगाउने नगर प्रमुख गोपाल हमालले बताए । ‘हामीले धनगढीमा हरेक वर्ष रोजगार मेला लगाउने सोच बनाएका छौँ । त्यसका लागि संघ सरकार, प्रदेश र सुदूरपश्चिमका स्थानीय तहसँग समन्वय गर्ने योजना छ ।

युवाहरूलाई लक्षित गरेर रोजगार मेला गर्ने र सीप सिकाएर आयआर्जनको अवसर समेत दिने योजना धनगढी उपमहानगरको छ’, हमालले भने । उपमहानगरपालिकाले आगामी वर्षदेखि युवाहरूलाई लक्षित गरेर रोजगार मेला आयोजना गर्ने भएको हो । नगर प्रमुख हमालले अध्ययन गरिरहेका युवाहरूलाई लक्षित गरेर पढ्दै कमाउने वातावरण सिर्जना गर्न रोजगार मेलापछि रात्रिकालीन बजारसमेत शुरू गरिने नगर प्रमुख हमालले बताए ।

उनले धनगढीको खुलामञ्चमा रात्रिकालीन बजार चलाउने बताएका छन् । उपमहानगरले आगामी वर्ष तिहार लगत्तै धनगढीमा रोजगार मेला गर्ने योजना बनाएको छ । युवाहरूलाई सीप सिकाउन रोजगार मेला आयोजना गर्ने र सीप हासिल गरेपछि उनीहरूलाई काम गर्न स्थान र वातावरण समेत प्रदान गरिने भएको छ ।

सीप सिकेका युवाहरूका लागि धनगढीको खुलामञ्चमा रात्रिकालीन बजार लगाइने भएको छ । जसका लागि खुलामञ्च छेउको सडक किनारमा बिजुली जडान गर्ने लगायतका काम भइरहेका छन् । खुलामञ्चको सडक किनारमा साँझ ६ बजेदेखि १० बजेसम्म रात्रिकालीन बजार चलाउँदा क्याम्पस पढिरहेका युवाहरूले पढ्दै कमाउने अवसर पाउने नगर प्रमुख हमालले बताए ।

खुलामञ्च क्षेत्रको रात्रिकालीन बजारमा लाइभ कन्सर्ट, खाना तथा नास्ताका पसल राख्न दिइनेछ । युवाहरू पढ्दै आयआर्जन गर्न सकुँन् र जाँडरक्सी र लागुऔषध जस्ता कुलतमा नफसुन् भनेर बढी भन्दा बढी युवाहरूलाई सीप सिकाउन र रोजगारी दिन संघ, प्रदेश र स्थानीय तहहरूले मिलेर काम गर्नुपर्ने नगरप्रमुख हमालले बताए । उपमहानगरपालिकाले २०८१ को तिहार लगत्तै रोजगार मेला आयोजना गरेर युवाहरूलाई सीपमूलक तालिम दिने र त्यसपछि खुलामञ्च क्षेत्रमा रात्रिकालीन बजार लगाउने भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise