२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रारा विमानस्थल ताल्चले निम्त्यायो विपत्ति : विमानस्थल तलका दजनौं बस्ती पहिरोको उच्च जोखिममा

ADV
प्रेमराज कार्की
२०८१ भदौ २५ गते २१:१७
रारा विमानस्थल ताल्चले निम्त्यायो विपत्ति : विमानस्थल तलका दजनौं बस्ती पहिरोको उच्च जोखिममा

मुगु : मुगु १ मा रहेको रारा विमानस्थल ताल्चले सेवा सुविधा पाएसँगै विपत्ति पनि निम्त्याएको छ । रारा विमानस्थल ताल्च कालोपत्रे भएसँगै रारा विमानस्थल ताल्चले यति बेला मानविय तथा प्राकृतिक विपत्ति निम्त्याएको हो ।

रारा विमानस्थल ताल्चा कालोपत्रे भएसँगै पानीको नहर बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाइएकाले रारा विमानस्थल ताल्च मुनिका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का दजनौं बस्ती पहिरोको उच्च जोखिममा छन् ।

२०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रारा विमानस्थल कालोपत्रे भएको र त्यहाँबाट बग्ने नहरहरु बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाइएकाले विमानस्थलबाट बग्ने पानीले विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । यी खोलामा आउने बाढी पहिरोले सयौं बिगाहा जमिन कटान गरेको र धेरैका घर बगाएको छ । पानी नै नआउने खोलामा हिजोआज पानी बगेको देखिन्छ । खोलामा पानी मात्रै होइन् अहिलेको अवस्थामा बाढी नै आउने पानीको बहाव हुन्छ । बाढीसँगै आउने पहिरोको त्रासका कारण बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्रम बस्न बाध्य छन् ।

विमानस्थलबाट बग्ने पानीले खोला आसपासमा प्रतिवर्ष यसरी नै खेतियोग्य जमिन कटान गर्दै जाने हो भने विमानस्थलको भविष्य पनि संकटमा पर्ने देखिन्छ । अहिले पनि विमानस्थलको उत्तरतिर जमिन भाँसिएको छ । विमानस्थल मुनि पहिरो जार्दै गर्ने हो भने विमानस्थल पनि संकटमा पर्ने र खोलाले वर्षेनी कटान गदै जाने हो भने यसबाट शिरमा रहेको राराताल पनि संकटमा पर्ने स्थानीयको भनाइ छ ।

रारा विमानस्थलबाट निस्कीएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु बस्ती पाटपटेनी, मुश्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोष, दोवाट, कालाजुर लेत्याखोला किनारका बस्तीहरु, ढुमालेख, डाँडाजिउला, टहधारा र बुद्याखोला किनारका बस्तीहरु गिमखोला जुक्याना गाउँ खत्याडीकोट, गमगाढाको पावर हाउस लगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

विमानस्थल कालोपत्रे भएको र त्यहाँबाट बग्ने नहर बुकाखोलमा मिसाइएका छन् भने अन्य लेत्याखोला, बुद्याखोलामा त्यसको विभिन्न क्षेत्रबाट बग्ने पानीका कारण विमानस्थल मुनिका दजनौं बस्ती पहिरोको जोखिममा परेका छन् भने गमगढी बालै राताचौर हुँदै पिना जोड्ने सडक पनि जोखिममा छ । 

यो सडक हुँदै छायाँनाथ रारा नगरपालिका वडा नं ४,६,७,८ का विद्यार्थी, स्थानीय सदरमुकाम गमगढी आउन यो सडक हुँदै आउँछन् । जोखिम मोलेर सदरमुकाम जानुपरेको स्थानीयबासीको भनाइ छ । 

लगातार आएको अविरल वर्षाले खोलामै आएको बाढीकै कारण सो क्षेत्रका विभिन्न क्षेत्रहरुमा जमिन भासिँदा सो क्षेत्रका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नु छायाँनाथ रारा नगरपालिका ४ का स्थानीय जंख बहादुर भामले बताए । उनी भन्छन्, ‘पानीसँगै आउने बाढीले ताल्चा विमानस्थल तलका बस्तीमा ९ वर्षदेखि दिनप्रतिदिन यस्तो समस्या थपिँदै गएको छ ।’ तर स्थानीय चिन्तित हुने सरोकारवाला निकायले वास्था नगर्ने गरेका कारण समस्या थपिर्दै गएको भामले बताए ।

विमानस्थलको पानीले गर्दा बुका खोलाले सयौं विगाह जमिन पनि कटान गरेको छ । खेतीयोग्य जमिन बालिनाली बगाएको छ । खोलाको आसपासका बस्ती जोखिममा परेका भएपनि यसप्रति कसैले ध्यान नदिएकाले समस्या वर्षेनी समस्या बल्झिँदै गएको छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मी प्रसाद भामले बताए । 

उनले भने, ‘खोलाले खेतियोग्य जमिन पनि वर्षेनी यसरी नै कटान गर्ने हो भने दर्जनौं बस्ती पनि नरहने, बस्ती सार्नुको विकल्प छैन ।’

‘लगातार आएको अविरल वर्षासँगै खोलामा आएको बाढीकै कारण सो क्षेत्रका स्थानीयबासिन्दा रातभर जाग्राम बस्नु परेको गुनासा, ताल्चा विमानस्थलले निम्त्याएको विपत्तीका बारेमा समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला निकायालाई मंगलबार वडाको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका छौं’ अध्यक्ष भामले थपे । 

मानविय तथा प्राकृतिक विपत्ती ठूलो छ । स्थानीय सरकारले समस्या समाधान गर्न नसक्ने देखिएकाले संघीय सरकार प्रदेश सरकारको आवश्यकता अपरिहार्य देखिएकाले समस्या समाधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सुर्खेतलाई ध्यानाकर्षण गराउँदै रारा नागरिक उड्डयन कार्यालय ताल्चा र जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकषर्ण गराइएको अध्यक्ष भामले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise