२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पत्रकार महासंघका अध्यक्ष पोखरेलको राजीनामा स्वीकृत, विष्टलाई कार्यबाहकको जिम्मेवारी

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते १७:०२
पत्रकार महासंघका अध्यक्ष पोखरेलको राजीनामा स्वीकृत, विष्टलाई कार्यबाहकको जिम्मेवारी

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत सोमबार पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका थिए । वरिष्ठ उपाध्यक्ष विष्टले बुधबार पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् ।

यस्तै विष्टको अध्यक्षतामा नेपाल पत्रकार महासंघका उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठकले आजै विष्टलाई कार्यबाहक अध्यक्षका रुपमा जिम्मेवारी दिने निर्णय गरेको छ ।

अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गर्दै पोखरेलले राजीनामा दिएका थिए । 

‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन’, उनको राजीनामा पत्रमा उल्लेख गरेका थिए ।

महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नुलगायत औंल्याएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise