२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पूजाको प्रसाद खाँदा झापामा ५० जना बिरामी

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १०:५१
पूजाको प्रसाद खाँदा झापामा ५० जना बिरामी

काठमाडौँ : पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर ९ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् । स्थानीय छत्र निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेका हुन् ।

पूजा घरमा पुगेर प्रसादका रूपमा सब्जी, रोटी अचार खाएका सबै बिरामी परेको अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भीष्म मिश्रले जानकारी दिए । बिरामीहरूको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।

बिरामी परेकाहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने लक्षण देखा परेको थियो । फुडपोइजनका कारण उनीहरू बिरामी परेको हुनसक्ने स्थानीयको भनाइ छ ।

फोटो-भिम कुमार बास्कोटा 

ADVADV

सम्बन्धित खबर

Advertise