२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला प्रयोग नगर्न आग्रह 

Nada
२०८१ भदौ २७ गते १२:०८
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला प्रयोग नगर्न आग्रह 

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन प्राधिकरण कार्यालयले खादा र मालाका कारण सुरक्षा जाँच उपकरण बिग्रिएकाले आगामी दिनमा नल्याउन र प्रयोग नगर्न भनेको छ ।

ncell

कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा झुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्स-रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्ययतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ ।

यस्तो छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको अपिल

हवाई यात्रु महानुभावहरूले यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाइ स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाधी ल्याइने खादा आदि सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरू (एक्स-रेहरु), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरूलाई गम्भीर क्षति पुर्याई रहेको साथै यात्रुहरूले खादा र मालाहरू विमानस्थलका विभिन्न क्षेत्रहरूमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्ययतामा समेत नकारात्मक असर पुग्ने गरेको हुँदा विमानस्थल टर्मिनल भवन प्रवेशका दौरान सुरक्षा जाँचका समयावधि भर यस्ता माला, खादा आदि वस्तुहरू प्रयोग नगरी दिन हुन र यात्रु महानुभावले सँगै लानु पर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरी राखेर मात्र लगिदिन हुन यात्रु तथा सम्पूर्ण महानुभावहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय हार्दिक अपिल गर्दछ
 

सम्बन्धित खबर