२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल मानव धर्म सेवा समितिद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १२:५१
नेपाल मानव धर्म सेवा समितिद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं : 'ज्ञान विज्ञानसँगैको मौलिकता, लक्ष्य हाम्रो शिक्षित बालबालिका' भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समितिले राष्ट्रव्यापी शिक्षा अभियानअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शुरु गरिएको अभियानअन्तर्गत समितिले देशका विभिन्न स्थानका ५ हजार बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समितिले ४६ विद्यालयका आर्थिक विपन्नता भएका देशभरिका ५ हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

No description available.

शिक्षा पाउनबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताइन् । 

शहरी क्षेत्रमा रहेका विद्यार्थीहरूबाट शैक्षिक सामग्री संकलन गरी दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरूलाई वितरण गरिएको समितिका केन्द्रीय संगठन उपसचिव सन्तोष पराजुलीले बताए । पराजुलीका अनुसार शहरमा भएका बालबालिकाहरूले शैक्षिक सामग्रीको अभावमा पढाइ छोड्नुपर्ने बाध्यता छैन, तर दुर्गम क्षेत्रका कतिपय बालबालिकाहरू शैक्षिक सामग्री अभावकै कारण पढाइ छोड्न बाध्य छन् । उनीहरु चाहेअनुसार आफ्नो पढाइलाई अगाडि बढाउन सकिरहेका छैनन् । सोही अभाव पूरा गर्न समितिले शैक्षिक सामग्री वितरण गरिरहेको उनको भनाइ थियो ।

उनीहरूको पढाइमा सहयोगी हातहरूको कमी छैन भन्ने सन्देश दिन बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको पनि समिति‌अन्तर्गत रहेको युवा संगठनका राष्ट्रिय संयोजक राजिव पौडेलले बताए । समितिले सन् २०१४ देखि नियमितरुपमा विभिन्न अवसर पारेर बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise