२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिनेछ : मन्त्री भण्डारी

ADV
कुलेन्द्र शाही
२०८१ भदौ २७ गते १४:०७
कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिनेछ : मन्त्री भण्डारी

सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताएका छन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा गरिएको जिल्लास्तरीय स्वास्थ्य क्रियाकलापहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी साथै स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्डसम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अस्पतालको सेवा प्रवाह र सेवाग्राहीको अवस्थालाई अध्ययन गरी रणनीतिक अस्पताल तोकिने बताए । त्यसका लागि आन्तरिकरूपमा तयारीसमेत भइरहेको उनले जानकरी दिए ।

सूचनाको हकको कार्यान्वयनमा ध्यान दिन उनले निर्देशन दिए । उनले सबै सरकारी कार्यालयले आफ्ना गतिविधिहरु त्रैमासिक, अर्धवार्षिक र वार्षिकरूपमा सार्वजनिक गर्नुपर्ने बताए ।

समीक्षा कार्यक्रमबाट सरकारलाई सुझाव प्राप्त हुने अपेक्षा गरे । त्यसका आधारमा आफ्ना तर्फबाट आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता जनाए । विभिन्न तालिमबाट लिइएको ज्ञानलाई सेवाभावको मनसायबाट सेवा प्रवाह गर्न सुझाव दिए । सेवा प्रदान गर्दा नागरिक सन्तुष्टिको मापन गर्नुपर्ने बताए ।

औषधिजन्य फोहोरमैला व्यवस्थापन, म्याद सकिएका औषधिको व्यवस्थापन, जनचेतनामुलक कार्यक्रम लगायतका विषयलाई ध्यान दिन आग्रह गर्दै कुपोषण जस्ता समस्या समाधानका लागि स्वयंसेविकालगायतका स्थानीय जनशक्ति परिचालन गर्नुपर्ने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise