२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कोटिहोम महायज्ञको हिसाबकिताब सार्वजनिक, घाटा भएको दाबी

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १४:२९
कोटिहोम महायज्ञको हिसाबकिताब सार्वजनिक, घाटा भएको दाबी

काठमाडौँ : ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ को  हिसाबकिताब सार्वजनिक गरिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोम महायज्ञका आयोजक विजय कृष्णमूर्तिले कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए । 

कोटिहोम महायज्ञ आयोजनाका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । उनले खर्च पनि त्यहिअनुसार भएको हुँदा घाटा भएको दाबी गरे । 

उनका अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको छ ।  महायज्ञमा दिन्छु भनेर बचन दिएअनुसार डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए । 

शुरुदेखि विवादका बीच साउन महिनाभरी चलेको यज्ञमा स्वदेश तथा विदेशबाट लाखौँ भक्तजन दर्शनका लागि आएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise