२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शुक्रबार हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १४:४३
शुक्रबार हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत : शुक्रबार हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले बिहीबार स्ववियुको निर्वाचन तत्कालका लागि नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी बिएससी बायोलोजी समूह ५ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।

रञ्जित विक लगायत विद्यार्थीहरूले निर्वाचनको प्रकाशित नामावलीमा विज्ञान संकायका विद्यार्थीहरूको नाम छुटाएको भन्दै उक्त रिट हालेका थिए । निवेदकको नाम निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा समावेश नभएको भन्दै उच्च अदालत सुर्खेतले निवेदकको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले दुबै पक्षलाई असोज ६ गते छलफलका लागि बोलाएको छ । यसअघि पनि २०७९ चैतमा तोकिएको स्ववियु निर्वाचन उच्च अदालतमा रिट परेपछि स्थगित भएको थियो । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन ६ वर्षदेखि निष्क्रिय रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise