२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

देउवाद्वारा कांग्रेसको भूपू सैनिक विभागमा १० सदस्य मनोनीत

shivam cement
२०८१ भदौ २७ गते १५:४४
Shares
देउवाद्वारा कांग्रेसको भूपू सैनिक विभागमा १० सदस्य मनोनीत

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूपू सैनिक विभागमा १० जना सदस्य मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले उक्त विभागमा सदस्य मनोनयन गरेका हुन् ।

मनोनीत सदस्यहरूमा गर्जबहादुर गुरुङ (लमजुङ), हेमलाल लिम्बु (सुनसरी), तुलबहादुर गुरुङ (कास्की), जोबानसिंह ठकुरी (रुपन्देही), भीम चन्द (कञ्चनपुर), भावना घर्ती मगर (सुर्खेत), गुणबहादुर कार्की (महोत्तरी), लीला मास्के राना (नवलपुर), गोपाल तामाङ (झापा) र सुनिता लामिछाने (काठमाडौँ) छन् । उक्त विभागको प्रमुख केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु रहेकी छन् ।

सम्बन्धित खबर