२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एक सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १९:१८
एक सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)

काठमाडौं : एक सय वटा गाउँपालिकाले एकैपटक प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।

१२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ । पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् ।

बुधबार शाखा अधिकृतमा नियुक्त भएका १०६ जना शाखा अधिकृतहरूमध्ये ६ जनालाई काठमाडौंमै खटाइएको छ । मन्त्रालयले अरु एक सय जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो । बाँकी ६ मध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने अन्य ३ जनालाई अतिरिक्त समूहमा राखिएको छ ।

मन्त्रालयले हालै ५२ वटा जिल्ला समन्वय समितिमा इन्जिनियरहरुको पनि पदस्थापन गरेको छ । संविधान र कानूनले जिल्ला समन्वय समितिहरुलाई अनुगमनको अधिकार दिएपनि इन्जिनियरहरु नहुँदा समस्या भोग्दै आएका थिए ।


ADVADV

सम्बन्धित खबर

Advertise