२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्वास्थ्य क्षेत्रको स्वमूल्यांकनमा त्रिपुरासुन्दरी पहिलो

ADV
पुर्ण कुमार
२०८१ भदौ २७ गते २२:३२
स्वास्थ्य क्षेत्रको स्वमूल्यांकनमा त्रिपुरासुन्दरी पहिलो

डोल्पा : जिल्ला स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा तथा  योजना तर्जुमा सम्बन्धी दुई दिने गोष्ठी डोल्पाको दुनैमा सम्पन्न भएको छ ।

वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्ला आठ पालिकाका स्वास्थ्य शाखाहरुको स्वमूल्यांकनमा त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य शाखा उत्कृष्ठ बनेको छ । त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखाले विगतका कमीकमजोरीलाई स्वीकारेर अहिले निरन्तर जनताको पक्षमा काम गरी असल स्वास्थ्य सेवा प्रवाहलाई  अब्बल बनाउँदै गएको छ ।  यो बीचमा नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरु समेत सुधारोन्मुख हुँदै गइरहेको छन् ।

वार्षिक समीक्षा  तथा योजना तर्जुमा गोष्ठीमा स्वास्थ्य संस्थाहरुको वार्षिक कार्यक्रमको स्वमूल्यांकन तथा समीक्षा स्वास्थ्य सेवा प्रवाह गर्दा आइपरेका समस्या र समाधानका उपाय स्वास्थ्य सेवा र तथ्यांक सुधारका लागि आवश्यक छलफल लगायत प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक मार्गनिर्देशनका साथै आगामी कार्ययोजनामा केन्द्रित रहि विचारविमर्शका साथ छलफल गरिएको थियो ।

विगतको तुलनामा स्वास्थ्य सेवा प्रवाहको अवस्था सुधारोन्मुख रहेको दुर्गम विकट भएकाले इन्टरनेट लगायत नयाँ प्रविधिमैत्री उपकरणको अभाव रहनुका साथै अधिकांश स्वास्थ्य संस्था सेवाग्राहीको लागि अपायक रहेकोले पनि भने अनुरुपको उपलब्धि हात पर्न नसकेको स्वास्थ्यकर्मीको भनाइ थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढाले समीक्षा कार्यक्रमले विगतका कमिकमजोरी सुधार गर्दै थप सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

स्वास्थ्य नै धन भएकाले यसलाई नारा दिए सरह सार्थक बनाउनतर्फ सबैको सकरात्मक चिन्तन सोच र विचार आवश्यक पर्ने भएकाले जिल्ला अस्पताल सबैको साझा भएकाले सबै स्थानीय तहले स्वास्थ्य सेवामा बजेट विनियोजन गरी प्राथमिकताका साथ सहयोग गर्नुपर्नेमा उपप्रमुख बुढाले जोड दिए ।

ठुलिभेरीनगरपालिका– ३ वडा दुनैका अध्यक्ष भक्तबहादुर भण्डारीले मिथ्याङ्क नभएर सत्यतथ्यसहितको तथ्यांक ल्याउन सके स्वास्थ्य क्षेत्रको विकासको सुचकमा थप गर्न सकिने बताए । 

कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नविर सुनारले डोल्पा जस्तो जोखिमयुक्त क्षेत्रमा रहेर जस्तोसुकै जोखिमलाई छिचोलेर स्वास्थ्य सेवा प्रवाहमा तल्लिन हुनु हुने स्वास्थ्यकर्मी धन्यवादका पात्र भएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise