२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बागलुङ जीप दुर्घटना : पुथा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते ११:००
बागलुङ जीप दुर्घटना : पुथा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु

काठमाडौं : बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । 

उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरू को-को थिए भन्ने खुलेको छैन ।

दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise