२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

काम नै नगरी बिल मिलाएर रकम निकासा, तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते १४:३०
काम नै नगरी बिल मिलाएर रकम निकासा, तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ४ हुम्लिङ्गमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गैरकानूनी लाभ तथा हानी पुर्‍याइ एवम् सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन प्रधानाध्यापक भट्टराईसहित शिक्षक लालबाबु मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारी र शाक्य अफसेट प्रेसका प्रोपाइटर केशव कुमार शाक्यविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए ।

उनीहरुले खानेपानी तथा पुस्तकालय व्यवस्थापनका लागि विनियोजन भएको रकम हिनामिना गरेको अख्तियारको दाबी छ । विद्यालयको खानेपानी आपूर्तिका लागि आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन भएको रकम र पुस्तकालय व्यवस्थापनका लागि आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकमबाट कुनै पनि कामको शुरुवात नै नगरी बिल भरपाइ मिलाइ रकम अनियमितता गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।

प्रधानाध्यापक भट्टराईलाई ४ लाख ६० हजार ४ सय ५५, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकरीलाई ३ लाख ४३ हजार, तत्कालीन शिक्षक मण्डललाई ३ लाख ३४ हजार र शाक्य अफसेट प्रेसका प्रोप्राइटर शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ बिगो र सजाय माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise