२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाल दिवसको अवसरमा रामग्रामले आयोजना गर्‍यो वक्तृत्वकला प्रतियोगिता  

ADV
मध्यान्ह
२०८१ भदौ २९ गते ११:५७
बाल दिवसको अवसरमा रामग्रामले आयोजना गर्‍यो वक्तृत्वकला प्रतियोगिता  

युबराज पुन 
नवलपरासी : रामग्राम नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ६०औं राष्ट्रिय बाल दिवसका अवसरमा सो नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । 

नगरप्रमुख धनपत यादवको अध्यक्षतामा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा १४ विद्यालयका विद्यार्थीले भाग लिएका थिए । 

प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय परासीका सुरज चमारले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरि नेपाल होलि चाइल्ड रामग्रामकी सृजना पाठकले द्वितीय, लिटिल एन्जल्स इंगलिस बोर्डिंग स्कूलका मनिस यादवले  तृतीय र सन्ध्या उपाध्यायले सान्त्वना स्थान हासिल गरेका छन् । 

प्रतियोगिताकामा प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई तीन हजार, तृतीयलाई २ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 

मनोसामाजिक सहजकर्ता सुमित्रा चौधरीले सञ्चालन गरेको कार्यक्रममा महिला तथा बालबालिका शाखाकी प्रमुख तारा अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतियोगिता रामग्राम नगरपालिकाको सभाहलमा भएको थियो । बालमैत्री स्थानीय शासनकी राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले बाल अधिकारसम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise