२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा वि.क सर्वसम्मत

shivam cement
तिलु शर्मा पौडेल
२०८१ भदौ २९ गते २२:०५
Shares
पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा वि.क सर्वसम्मत

दोहा, कतार : पर्वत समाज कतारको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । शुक्रबार ग्राण्डमलमा रहेको लालीगुराँस रेस्टुरेन्टमा अक्षयकोषका तदर्थ समिति संयोजक नन्दलाल वि.क (अजय)को अध्यक्षता तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

खुला र बन्द सत्र गरेर दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि अध्यक्षमा नन्दलाल वि.क (अजय) सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा छविलाल भट्टराई, श्यामलाल न्यौपाने, चिन्तामणि पौडेल, सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष), सहसचिवमा भरत मल्ल ठकुरी, कोषाध्यक्षमा रघुनाथ शर्मा र सह–कोषाध्यक्षमा भिमकान्त पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा दिल कुमार श्रेष्ठ, शेषराज तिमल्सिना, सेवक घताने, महेन्द्र कुमार चालिसे, हरिप्रसाद शर्मा, आनन्द जिसी, टंक प्रसाद तिवारी, राम प्रसाद शर्मा,  सुवास जिसी,  जिसी, गंगा शर्मा, रमेश पौडेल रहेका छन् । निर्वाचन समिति संयोजक विक्रम कार्कीले नव निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रमको खुला सत्रमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले अक्षयकोषले लिएको लक्ष्य पूरा हुन सकेमा गृह जिल्ला पर्वतमा निम्न स्तरका, पिछडिएका, शिक्षा र स्वास्थ्यको अभाव भएको ठाउँमा अक्षयकोषले सेवा गर्न विश्वास व्यक्त गरे । नेपालबाट आमन्त्रित अतिथि  कलाकार प्रतिभा शर्मा चापागाईंले आफू कतार पहिलो पटक परदेशी तिमी कति महान् छौ भने भन्ने श्लोक सुनाउँदै आफ्ना सांगीतिक प्रस्तुति राखेकी थिइन् ।

उनले माइती बिना यो चेलीको के नै अर्थ भो, मलाई पिर छैन धनको बरिलै लगायतका गीतहरू गाइन् । स्थानीय कलाकार यमुना पटेलले म्याग्दी जिल्लामा प्रचलित थाली नाच पेस गरिन् । कार्यक्रममा कलाकार पटेलसहित सुरज खनाल, देव विश्वकर्मा, कृष्ण दर्लामीले आफ्ना सांगीतिक प्रस्तुति दिए । तमु गुरुङ समाजले चेली माइतीको सम्बन्धलाई प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै पर्वत समाजलाई सगुन (कोसेली) प्रदान गरेको थियो । कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूलाई पारिश्रमिक सहित सम्मान गरिएको थियो ।

कोषाध्यक्ष रघुनाथ शर्माले तदर्थ समितिको आयव्यय विवरण पेस गर्दै अक्षयकोषको मूल रकमलाई रु एक करोड सम्म पुर्‍याउने लक्ष्य रहेको बताए । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुखहरूले मन्तव्य राख्दै अक्षयकोषले लिएको उद्देश्य छिट्टै पूरा होस् भन्ने शुभकामना दिएका थिए । अधिवेशनमार्फत अक्षयकोषका लागि सहयोग गर्ने विशिष्ट व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक छविलाल भट्टराईले स्वागत मन्तव्य राखेको अधिवेशनमा अञ्जली परियारले स्वागत नृत्य पेस गरेकी थिइन् । सन्तोष क्षेत्री र भरत मल्ल ठकुरीले मिलेर सहजीकरण गरेको अधिवेशनको खुला सत्रको समापन गर्दै सभाध्यक्ष विकले अक्षयकोषको लक्ष्यलाई सबैको साथ र सहयोगले मात्र पूरा गर्न सकिने बताए ।

ताजा खबर

सम्बन्धित खबर