२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सिमलतालबाट ट्रक त्रिशूली किनारमा खस्यो, चालक र सहचालक बेपत्ता 

Nada
२०८१ भदौ ३० गते १०:२१
Shares
सिमलतालबाट ट्रक त्रिशूली किनारमा खस्यो, चालक र सहचालक बेपत्ता 

काठमाडौँ : मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

ncell

खानेतेल बोकेर सिमाराबाट काठमाडौँ आइरहेकोे ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । 

ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए ।

यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

सम्बन्धित खबर