२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन ४ वर्षदेखि अलपत्र

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १०:३९
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन ४ वर्षदेखि अलपत्र

पर्वत : जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो ।

सहरी विकास कार्यालयले भवनका लागि २८ करोड रुपैयाँ विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘ई’ ब्लकको काम पनि अधुरै छ ।

कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘ई’ ब्लक निर्माणको काम चलिरहेका बेलामा जमिन भासिएपछि पछिल्ला चार वर्षदेखि काम अघि बढ्न नसकेको पर्वत अस्पतालले जनाएको छ । भवनको निर्माण चलिरहेको बेलामा भुइँतलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।

०७७ असारदेखि भासिन सुरु गरेको भवनको ‘बिम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि काम पूर्ण रूपमा ठप्प छ । यस वर्ष अरु दुई ठाउँमा जमिन भासिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise